घोडाघोडी पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति चयन ,अध्यक्षमा सापकोटा - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

घोडाघोडी पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमिति चयन ,अध्यक्षमा सापकोटा



घोडाघोडी । घोडाघोडी बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी समाजको नयाँ कार्यसमितिको चयन भएको छ । गोविन्दराज सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति आज चयन भएको हो ।

घोडाघोडी पूर्व विद्यार्थी समाजका अध्यक्ष खेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गा प्रसाद ओझा रहेका थिए ।

घोडाघोडी पूर्व विद्यार्थी समाजको भेलाले उपाध्यक्षमा डिल्लीराज सापकोटा, सचिवमा विस्ना चौधरी, सह-सचिवमा मिलन ओली, कोषाध्यक्षमा भुपेन्द्र कुँवर लाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भिमराज अम्मै, धन बहादुर बम, डबल जेठरा, खगेन्द्र सुवेदी र प्रेम राज सुवेदी लाई चयन गरेको छ । त्यस्तै समितीमा बाह्य क्षेत्रको संयोजक समेत तोकेको छ । कोरिया सेक्टर संयोजक,जापान सेक्टर संयोजक र काठमाडौं सेक्टर संयोजकको निर्णय गरेको छ । जसमा क्रमश : तिलक लामिछाने , शिवराज सापकोटा र दिनेश लामिछाने रहेका छन् ।