कैलालीको घोडाघोडी नगरपालिका -८ मा काङ्ग्रेसमा प्रवेश गर्नेको ओहिरो - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

कैलालीको घोडाघोडी नगरपालिका -८ मा काङ्ग्रेसमा प्रवेश गर्नेको ओहिरो



जमुना न्यूरे / विशाल पाण्डेय
मंसिर १२, सुखड,कैलाली ।।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ८ लठुवामा इन्द्र ब. मल्लको नेतृत्वमा १००जना राष्ट्रिय प्रजातान्त्रिक पार्टी जबरा पक्षधर (रा प्र पा ) र दान बहादुर बिष्ट को नेतृत्वमा ३० जना नयाँ शक्ति पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रबेश गरेका छ्न ।

उक्त सभामा बोल्दै नेपाली काङ्ग्रेसको तर्फबाट कैलाली क्षेत्र नं ३ प्रदेश सभा ख का उम्मेदवार लक्ष्मण ब. शाहीले नेपाली काङ्ग्रेस प्रती नेपाली जनताको २००७ साल देखीको आस्था अझै पनी नसकिएकाले जनताले नेपाली काङ्ग्रेस प्रतीको आस्था राख्ने बिश्वास ब्यक्त गर्नु भयो । नेपाली काङ्ग्रेस एक जनताको गरिब पार्टी भएको र माओवादी केन्द्र , एमाले लगाएतका नेता तथा पार्टीहरु अर्बौंको मालिक भएका र जनता माझ आएर आफुहरू गरिब जनताको ठेकेदार भएको भन्दै नेपाली काङ्ग्रेस माथी भ्रमको खेती गरिरहेको आरोप पनी लगाउनु भयो।

सभामा नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधी भिम बढुवाल, कैलाली पुर्ब जिल्ला सभापती गोबिन्दराज जोशी, ने.बि. संघ टियु इकाई कमिटी सभापती सम्झना खत्री, महिला संघ केन्द्रिय सदस्य गोमा आचार्य, घोडाघोडी नगरपालीका वडा नं ८ का वडा अध्यक्ष भिम बोगटी लगाएतकाको उपस्तिथी रहेको थियो ।

दोस्रो चरणमा हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्बाचन को पुर्ब सन्ध्यामा अन्य पार्टीहरू झै नेपाली काङ्ग्रेसले पनी चुनाबी प्रचार प्रसारको कामलाई तिब्रता दिएको हो । प्रचारप्रसारको क्रममा सोमबार वडा नं ८ को जरही , आमफाटा , मैनापोखरी , लठुवा , दिपनगर , डोडापारी लगाएतका ठाउँमा चुनाव प्रसार प्रचार गरेको छ ।