घोडाघोडी नगरपालिका-४ मा बाटो बनाउने ठेकेदार सम्पर्क बिहिन हुँदा बाटोको काम अलपत्र - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

घोडाघोडी नगरपालिका-४ मा बाटो बनाउने ठेकेदार सम्पर्क बिहिन हुँदा बाटोको काम अलपत्र



हिमाल पोस्ट
सुखड , कैलाली ।।
कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालीकाको वडा नम्मर ४ सिम्थरी माघी गाउ जाने १३ सय ४० मिटर बाटो कालोपत्रे गर्न टेन्डर भएको महिनौ बित्दा पनी अहिलेसम्म काम सम्पन्न हुन त परै जाओस् ठेकेदार सम्पर्कमा नभई  काम अलपत्र हुँदा स्थानियलाई समस्या भएको छ ।

गएको मङसीर भित्रै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का भएको भएपनी हालसम्म कालोपत्रे गर्ने भन्दै बाटोमा गिटी थुपारिए पछि आवात जावतमा समेत कठिनाई भोग्नु परिरहेको छ । वडा नम्मर ४ का स्थानिय धन बहादुर बुढाले आफुलाई बाटोमा राखीएका गिटीले आवात-जावतमा निकै ठुलो समस्या भएको र धुलोले खेपी नसक्नु भएको बताए ।

बाटो कालोपत्रे गर्ने ठेक्का लिएका तपेन्द्र शाह हाल सम्पर्कमा  नरहेको स्थानियले बताएका छन् । बाटोमा थुपारिएका गीटीका कारण दुर्घटनाको ठुलो जोखीम रहेको र रातीमा आवतजावत गर्नै नमिल्ने अवस्था रहेको बताउछन अर्का स्थानिय युवा प्रेम कैनी ।

दुईओटा थ्री व्हिलर समेत क्रस हुन नसक्ने भएको बाटोमा जुनसुकै बेला पनी दुर्घटना हुनसक्ने र कमाईको भन्दा गाडी बिग्रेर मर्मतमा बढी खर्च हुने गरेको एक स्थानिय अटो चालक बुद्धिराम चौधरीले गुनासो गरे ।

गत मङसीर १५ सम्ममा सम्पन्न गर्ने गरी ठेक्का भएको बाटो सम्पन्न नभएपछी आफुले बेलाबेलामा ताकेता गर्दा नगरपालीकाका प्रमुख  ममता प्रसाद चौधरी र ठेकेदार तपेन्द्र शाहका बिच छलफल गराएर छिट्टै सम्पन्न गर्ने सहमती भएको भएपनी हाल ठेकेदार सम्पर्क  बिहिन भएकोले बाटो अलपत्र परेको वडा नम्मर ४ का वडा अध्यक्ष टेक बहादुर बुढाले बताए ।

उता नगरप्रमुख ममता प्रसाद चौधरीले ,” यो बर्षको अन्तिम सम्म यो रोड ठेकेदारले जसरी भए पनि गर्नु पर्छ । त्यसका लागि नगरपालिकाले पटक पटक पत्राचार गरेको बताए । चौधरीले नेपाल सरकार को नियम नै छ ठेक्का बोलपत्र मा घटेर जस्ले बोल्छ उसलाइ काम गर्न दिने प्राबधान भएकाले साह ले सिमथरी -माघी रोड का लागि ८९ लाखको टेन्डर ५३ लाखमा लिएको नगर प्रमुख चौधरीले बताए ।

यतीमात्रै होइन घोडाघोडीकै वडा नम्मर १ को बेलार  लठुवा रोड समेत सोही ठेकेदार तपेन्द शाहले कालोपत्रे गर्ने ठेक्का लिएको भएपनी बनाएको कैही महिनामै बिग्रीएपछी तीन पटकसम्म गरी पुनः उत्खनन् गरेर छोड्दा हाल अलपत्र रहेको छ । यो बिषयमा बुभ्न ठेकेदार शाहीको मोबाईलमा पटक पटक फोन सम्पर्क  गर्दा समेत उनको फोन उठेन । हचुवाको भरमा घटी घटाईमा ठेक्का दिने र पछी ठेकेदारले घाटा बेहोर्नु पर्ने भएपछी काम अलपत्र हुने सरकारी नितीका कारण पनी यस्ता बिकाशका कामहरु अलपत्र पर्ने गरेको कतीपयको बुझाई छ ।

चुनावको बेलामा जनतालाई लोकप्रीय नारा बाडेर सत्तामा पुगेका स्थानिय प्रतीनिधि र नव निर्वाचित सभासदहरुको यसतर्फ छिट्टै ध्यान जान जरुरी छ  । घोडाघोडी नगरपालिकाले ठेकेदार लाई पटक पटक पत्राचार गरियको छ ।तर सम्पर्कमा नआएको स्रोतले जानकारी दिएको छ ।घोडाघोडी साप्ताहिकको सहयोगमा