घोडाघोडी मेयर कप : उल्टो जर्सी लगाएर फुटबल खेलेपछि.. - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

घोडाघोडी मेयर कप : उल्टो जर्सी लगाएर फुटबल खेलेपछि..



‘वडा नं १ र ५ विजयी’

विशाल पाण्डेय / सुखड,कैलाली ।
मंगलबारदेखि सुरु भएको दोस्रो संस्करण प्रथम घोडाघोडी मेयर कपमा घोडाघोडी नगरपालिका वडा नं १ विजयी भएको छ ।

बिहीबार दिउँसो भएको पहिलो खेलमा घोडाघोडी नगरपालिका वडा नं २ लाई एक का विरुद्ध दुई (१-२) गोलले हराउदै वडा नं १ विजयी भएको हो । जितका लागि वडा नं १ को तर्फबाट चन्द्र बुढामगर तथा धुर्ब आचार्यले १/१ गोल गरेका थिए भने वडा नं २ बाट भिम बहादुर भण्डाराले १ गोल गरेका हुन् ।

त्यस्तै बिहीबार नै भएको दोस्रो खेल वडा नं ५ र वडा नं ६ बिच भएको थियो । खेल निकै नै प्रतिस्पर्धात्मक भएको र खेल अवधी भरी कुनै टिमले पनि गोल गर्न नसकीपछि पेनाल्टी सुट आउटमा वडा नं ५ ले जितेको थियो । पेनाल्टी सुट आउटमा ५ विरुद्ध ३ गोलले वडा नं ६ लाई हराउदै वडा नं ५ ले जित आफ्नो पोल्टामा पारेको हो ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ नगर खेलकुद बिकास समितिको आयोजनामा घोडाघोडी नगरपाालिका- ३ जुरपानिमा प्रतियोगिता चलिरहेको छ ।

प्रतियोगितामा प्रथम हुने पुरुष तर्फको टिमलाइ नगद रु १ लाख १ रुपैयाका साथै शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरीने छ भने दोस्रो पुरस्कार नगर ७५ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । त्यसैगरी महिला तर्फको प्रथम र दृतिय हुने टिमलाइ नगद सहित शिल्ड ,मेडल र प्रमाण पत्र पुरस्कार रहेको छ । खेलमा पुरुष १२ र महिला ४ गरि १६ टिमको सहभागित रहेको छ ।

उल्टो जर्सी लगाएर फुटबल खेलेपछी..

बिहीबार दिउँसो भएको पहिलो खेलमा घोडाघोडी नगरपालिका वडा नं २ का खेलाडीहरुले उल्टो जर्सी लगाएर फुटबल खेलेका छन् । वडामा खेलकुदको लागि बजेट छुट्याइएपनी खेलाडीहरुलाई लगाउने जर्सी वडाले उपलब्ध नगराएपछी अन्य वडाको जर्सी लाई उल्टो बनाइ खेल खेल्नु परेको एक खेलाडीले बताए ।

खेलकुदको विकासको लागि भनेर वडामा बजेट छुट्याइएपनी आफुहरुको लागि एउटा जर्सी समेत उपलब्ध नगराएको भन्दै खेलाडीहरु आक्रोशित बनेका थिए ।

घोडाघोडी नगरपालिका तथा वडा कार्यालयले खेलकुदको विकासको लागि बजेट विनियोजन गरेको बताए पनी खेलकुदमा खासै चासो नदेखाएपछि घोडाघोडी नगरपालिकाको खेलकुद क्षेत्रमा विकास नभएको मेयर कप संचालन समितिका सदस्य होम तामाङले बताए ।

यता घोडाघोडी नगरपालिका वडा नं २ का वडाध्यक्ष हरि बिष्टले तयारी बिना नै मेयर कपको आयोजना गरिएको बताए । उनले मेयर कप सुरु हुन भन्दा पहिला जर्सीको बारेमा पुर्व जानकारी नगराउदा जर्सी उपलब्ध गराउन नसकेको स्वीकार गरे ।