घोडाघोडी महोत्सव : रमेश र सिर्जुले नचाए दर्शक - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

घोडाघोडी महोत्सव : रमेश र सिर्जुले नचाए दर्शक



विशाल पाण्डेय / सुखड,कैलाली ।
“कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्घ घोडाघोडी विकासको आधार” भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा संचालन भइरहेको घोडाघोडी महोत्सवको चौथो दिन शुक्रबार चर्चित लोक गायक रमेश राज भटराईले दर्शकलाई छमछमी नचाएका छन् ।

महोत्सवमा म बहुला हु भन्दै आफुले निकालेको गीति एल्बम “बेहुला बनाउछु भन्थी बहुला बनाएर गई “भन्ने नामक बोलको गित हजारौ दर्शक माझ गाउदा दर्शकहरुले पनि गायक भट्टराई सङ्गै गाउदै र नाच्न थालेका थिए ।

भट्टराईले बेहुला बनाउछु भन्थी बहुला बनाएर गई ,नाच नाच कम्मरै भाच जो धेरै नाच्छ तेही धेरै बाच्छ, फिदा भाको छु लगायतका गितहरु गाएर दर्शक हरुलाई भरपुर मनोरंजन दिएका थिए भने उनका फ्यानहरुले उनले प्रस्तुति गरेका गितहरुलाइ वान्स मोर -वान्स मोर भन्दै चिच्याइरहेका थिए ।

त्यस्तै गायिका तथा मोडेल सिर्जु अधिकारीले पनि
प्यार प्यार प्यार तिम्रो मनमा प्यार जगाउला ,राजा राजामेरो दिलैको राजा ,रौसी पिउनी हो लगायतको गितहरु गाएर दर्शकलाई नचाएकी थिइन् । महोत्सवमा लोक पप गायक राजेन्द्र बिष्ट , गायिका समिक्षा चौधरी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडी ताल क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सह–आयोजनामा
संचालन भइरहेको महोत्सवमा हेर्न आउने दर्शक हरुको भिडभाड आशा राखे भन्दा कमि देखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा शनिबार (आज) आधुनिक तथा लोक गायक पुस्कल शर्मा , देउडा गायक चक्र वम , हास्य कलाकार मनिस खड्का , थारु कलाकार देवदास थारू,मोडल तथा डान्सर रिता भट्टराई लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक पि आर भण्डारीले जानकारी दिए । महोत्सव माघ २३ गतेसम्म चल्ने छ ।