घोडाघोडी तालमा कछुवा छोडियो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

घोडाघोडी तालमा कछुवा छोडियो



बिशाल पाण्डेय / सुखड ,कैलाली ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेको कैलालीको घोडाघोडी तालमा आज एक लोपोन्मुख प्रजातिको कछुवा छोडीएको छ ।

बर्दियाको कोठियाघाटबाट ल्याइएको करिव २ किलो तौल भएको ‘सप्ट सेल सर्कल’ जातको लोपोन्मुख कछुवा घोडाघोडी तालमा छाडिएको हो ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा घोडाघोडी पर्यटन बोर्डका अध्यक्ष ममता प्रसाद चौधरी, उपाध्यक्ष डि.आर चौधरी, बिसिएनका हिरुलाल डगौरा ,नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष चाँदनी आचार्य ,अन्य पत्रकार तथा स्थानियहरुको संलग्नतामा उक्त कछुवा घोडाघोडी तालमा छाडिएको हो ।

बर्दियाको कोठियाघाट नजिक स्थानीयहरुले माछा मार्ने क्रममा अत्यन्तै लोपोन्मुख प्रजातिको कुछुवा समातेको देखेपछी स्थानियलाई अनुरोध गरी संरक्षणको लागी आफुले लिएर आएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले बताए ।

घोडाघोडी ताल क्षेत्रमा बिभिन्न जातका चराचुरुङ्गी , हास , गोही, अजिंगर, कछुवा लगाएत बिभिन्न प्रजातिका जीवहरुको रहदै आएका छ्न ।