घोडाघोडी नगरपालिकामा बाल विवाह न्यूनीकरणका लागि जुट्दै युवा संजाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घोडाघोडी नगरपालिकामा बाल विवाह न्यूनीकरणका लागि जुट्दै युवा संजाल



बिशाल पाण्डेय/ सुखड,कैलाली ।
कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकामा बाल बिबाहको समस्या देखिएको छ ।
घोडाघोडी नगरपालिकामा रहेका १२ वटा वडाहरु मध्ये
९ ओटा वडामा बाल बिबाहको समस्या बढी देखिएको हो ।

नगरस्तरीय युवा सञ्जाल घोडाघोडी नगरपालिकाले आयोजना गरेको बाल बिबाह बिरुद्धको साप्ताहिक अभियान सम्बन्धि पत्रकार संग समन्वय कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेलामा नगरस्तरिय युवा सञ्जालले केहि दिनपछि संचालन गर्ने बाल बिबाह बिरुद्धको साप्ताहिक अभियान सम्बन्धि जानकारी दिनका लागि आयोजना गरीएको कार्यक्रममा बोल्ने अधिंकासले बाल बिबाह बिरुद्धको जनचेतना मुलक कार्यक्रमहरु बिद्यालय स्तरीय गरीए प्रभाबकारी हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै ओरेक नेपाल कैलालीकि संयोजक बिनु रानाले युवा सञ्जालले गर्न लागेको कार्यक्रम निकै सराहनिय भएको बताइन् । उनले बाल बिबाह न्युनिकरणका लागि बिद्यालय स्तरीय जनचेतना मुलक कार्य गरीने पनि जानकारी दिइन् ।

नगर युवा सञ्जालका सचिब जनार्धन उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा सञ्जालका अध्यक्ष शंकर डगौराले घोडाघोडी नगरपािलकाका १२ वडा मध्य ९ वटा वडामा बाल बिबाह समस्याको रुपमा रहेको जानकारी दिए । उनले केहि दिन अघि नगरपालीकाका सबै वडामा सञ्चालन गरेको सम्बाद कार्यक्रम मार्फत ९ ओटा वडामा बाल बिबाहाको समस्या अझै पनि कुप्रथाका रुपमा जरो गाडेर बसेको पाइएको जानकारी दिए ।

सम्बाद कार्यक्रम अन्तर्गत वडा नं १ मा लागुपदार्थ दुब्र्यसनि, २, ४,५, ६, ७, ८, १०, ११ र १२ नं वडामा बालबिबाह तथा ३ र ९ मा छाउपडि प्रथाको समस्या देखिएको बताए ।

कुप्रथाका रुपमा देखिएको बाल बिबाह न्युनिकरणका लागि पत्रकारहरु संग कसरी समन्वय गरेर जान सकिन्छ भन्ने बारे छलफल गरीएको कार्यक्रममा बोल्दै पत्रकार इन्दु के सी ले युवा सञ्जालले पत्रकार संग समन्वयकारी भुमिका निर्वाह गर्न नसकेको र आगामि दिनमा पत्रकार संग समन्वय गरेर अघि बढ्नुपर्नेमा सुझाब दिएकि छन् । उनले भनिन , ‘कुनै एउटा वडामा कार्यक्रम गरीन्छ ,जो कार्यक्रममा सहभागि हुन्छ त्यसलाइ मात्रै कार्यक्रम बारे जानकारी हुन्छ , त्यसैले सबै वडामा जानकारी दिन पत्रकारहरु संग समन्वय गर्नुपर्छ ।’

कार्यक्रममा नगर युवा संजालकी उपाध्यक्ष लक्ष्मी भट्टराई ,वडा युवा सञ्जालका प्रतिनिधि, रासस का पत्रकार प्रकाश मिश्र , रेडियो कैलालीका पत्रकार जिवन बिष्ट , रेडियो मनको मझेरीका पत्रकार विवश चौधरी लगायतकाको सहभागिता रहेको थियो ।