घोडाघोडीले सामुदायिक बिद्यालयको मिलान तथा कक्षा तह घटाउने काम अगाढी बढाउदै  - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

घोडाघोडीले सामुदायिक बिद्यालयको मिलान तथा कक्षा तह घटाउने काम अगाढी बढाउदै 



बिरेन्द्र शाह / कैलाली(सुखड) ।
स्थानिय सरकार संचालन ऐन २०७४ दफा ११ मा आधारभुत तथा माध्यमिक शिक्षालाई गुणस्तर बनाउनको लागी सामुदायक, संस्थागत, गुठी र सहकारी बिद्यालय स्थापना, अनुमति व्यवस्थापन तथा अनुगमन गर्ने भन्ने उल्लेख छ । ऐनमा यी कुरा उल्लेख भए अनुसार कैलालीको घोडाघोडी नगरपालिकाले १६ ओटा बिद्यालयहरुको मिलान तथा कक्षा/तह घटाएको छ ।

घोडाघोडी नगरपालिका आधारभुत तथा माध्यमिक शिक्षा कार्यबिधि २०७४ बनाएर बिद्यालयहरुको मिलान तथा कक्षा / तह घटाउने काम अगाढी बढाएको नगरपालिकाले जनाएको छ ।

बिद्यालयको गुणस्तर,भौतिक पुर्वाधार,शिक्षाको सिकाई,बिद्यार्थीहरुको सहभागिता लगायत बिभिन्न केटागेरीमा गरेर नगरपालिकाले ७ बिद्यालय र ९ वटा तह मिलान गर्न लागेको घोडाघोडी नगरपालिकाका नगर पालिकाले बताएको छ ।

घोडाघोडी नगरपालिकामा ५७ सामुदायक बिद्यालय मध्ये ७ बिद्यालय समायोजन भए पछि अहिले सामुदायिक बिद्यालयको संख्या ५० ओटा भएको छ । सबै सामुदायिक बिद्यालयमा स्थलगत अनुगमन गरे पछि असार ४ गते बसेको कार्यपालिकाको बैठकले बिद्यालयहरुको मिलान तथा कक्षा÷तह घटाउने निर्णय गरेको थियो ।

७ बिद्यालय र ९ वटा तह मिलान गर्दा २ हजार ६२ बिद्यार्थी र ५४ जना निजि शिक्षक मर्कामा प्रर्ने भएका छन । यसरी घोडाघोडी नगरपालिकाले आधारभुत तथा माध्यमिक शिक्षा कार्यबिधि २०७४ बनाएर काम अगाढी बढाई रहदा सामुदायक बिद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरु आन्दोलनमा उत्रेका छन ।

नगरपालिकाले अघि सारेको विद्यालय तह मिलान तथा विद्यालय मिलान प्रक्रिया खारेज , निजी स्रोत शिक्षकहरुलाई नगर शिक्षक घोषणा गरी सेवा सुविधा र पेशाको ग्यारेन्टी गरिनु पर्ने माग का साथ आन्दोलन थालिएको उनिहरुले बताएका छन ।

रोजगारी युवालाई वेरोजगार वनाउने ,वालवालिकाहरुलाई शिक्षा वाट वञ्चीत गराउने नगरपालिकाको यो निती अवैधानिक भएको निजी श्रोत शिक्षक कैलालीकी अध्यक्ष तथा मेलघट्टी माबि बि शिक्षिका लख्नी चौधरी बताउनु भयो ।

नगरपालिकाले निजी श्रोतमा कार्यरत शिक्षक शिक्षिकाहरुको व्यवस्थापन गर्ने आश्वासन दिलाएको तर नगरपालिकाले आफुहरुको आँखामा छारो हाल्न मात्रै काम गरेको निजी शिक्षक शिक्षिकाहरुको भनाई छ ।

नगरपालिकाले विद्यालयका,शिक्षक,शिक्षिका तथा सरोकार राख्ने कसै सँग पनि छलफलनै नगरी अवैधानिक रुपमा मिलान गर्न खोजको आरोप लगाएका छन ।
नगरपालिकाले हचुवाको भरमा गरेको यस्तो निर्णयका कारण शिक्षक,विद्यार्थी मारमा परेको र सामुदायिक विद्यालयलाई मिलान गरी आफुहरुको पेटमा स्थानिय सरकारले लात हान्न खोजेको अर्का शिक्षक चेत बहादुर वोहराले दुखेको पोख्नु भयो ।

यता वडा नम्बर ४ जनकपुरमा रहेको मेलघट्टी माबि कक्षा १० मा अध्ययनरत छात्र प्रकाश भण्डारीले आफुले पढ्ने बिद्यालयको तह घट्ने बारेमा आफुले सुनेको र तह घटुवा हुदा आफु लगायत सम्पुर्ण बिद्यार्थी दुखी भएको बताएका छन ।

यस्तै वडा नम्बर ८ तिलकनगरमा रहेको मोहनी आ.बि कक्षा ८ मा अध्ययरत छात्रा दिपा बि.कले घर नजिकै स्कुलमा पढ्न पाउँद सुखी भएकी थिए तर नगरपालिकाले राष्टिय मा.बि तारानगरमा समायोजन गर्दा आफुलाई नराम्रो लागेको बताई छिन । नयाँ स्कुल नयाँ ठाउँमा हामीहरु कसरी पढ्ने होला भनेर आफुलाई चिन्ता लागेको छात्रा दिपा बि.कको भनाई छ । त्यहाँ पढ्न जान घर बाट धेरै समय लाग्ने बनाउदै दिपाले नगरपालिकालाई तह नघटाउन पनि आग्रह गरे कि छिन ।

यता सामुदायिक विद्यालयको शिक्षालाई बैज्ञानिक र गुणस्तरीय बनाउनुको लागी बिद्यालय मर्ज गर्नु परेको घोडाघोडी नगर प्रमुख ममता प्रसाद चौधरीले बताउनु भयो । निजी श्रोतका शिक्षक,शिक्षिकाहरुको व्यवस्थापनको लागी पनि पहल भइरहेको उहाँको भनाई छ । बिद्यालय मिलन र तह मिलान हुदा कार्यरत बिद्यालयका शिक्षक र शिक्षिक लाई छुट्टै व्यववस्था गर्ने लागेको हुनाले शिक्षक,शिक्षिकाहरुलाई नआतिन पनि उहाँले आग्रह गर्नु भएको छ ।

कुन कुन बिद्यालय कहाँ कहाँ समायोजन हुदैछन 
घोडाघोडी नगरपालिका वडा नम्बर २ चितलपुरमा रहेको मसानी आधारभुत बिद्यालयलाई दशरथ माबि साडेपानिमा समायोजन गरिएको छ । वडा नम्बर ४ जनकपुरको मेलघट्टी मा.बिको ९ र १० कक्षा तह घटाई गणेषपुरहरुमा अवस्थि सीताकुण्ड माबिमा व्यवस्थापन गरिएको छ ।

त्यस्तै वडा नम्बर ४ माघिमा रहेको नव प्रभात प्राबि र राष्ट्रिय लालीगुँरास प्राबि गैडाखेडालाई राष्ट्रिय लालीगुँरास प्राबिमा कक्षा ५ सम्म संन्चालन गरीएको छ । वडा नम्बर ४ शितलपुरमा रहेको कालिका आधारभुत बिद्यालयको कक्षा ६,७ र ८ तह घटाइ वडा नम्बर १० पहलमानपुरमा अवस्थि कान्ति राज्य लक्ष्मि मा.बिमा व्यवस्थापन गर्ने भएको छ । वडा नम्बर ८ तिलकनगरमा रहेको मोहनी आ.बि को कक्षा ६,७ र ८ तह घटाइ तारानगरमा अवस्थित राष्टिय मा.बिमा व्यवस्थापन गरीएको छ ।

यस्तै वडा नम्बर ८ आम्फाटा रहेको अनग्रह प्रा.बि कक्षा ४ र ५ तह घटाइ राष्टिय मा.बि तारानगरमा व्यवस्थापन गरीएको छ । वडा नम्बर ६ कल्जुकी मा रहेको दीपज्योति प्रा.बिलाई राष्टिय मा.बिमा व्यवस्थापन गरीएको छ । वडा नम्बर १ डुडापारिमा रहेको जनप्रगतिशिल आधारभुत बिद्यालयको ६,७ र ८ कक्षा तह घटाई वडा नम्बर ८ दिपनगरमा अवस्थित मेलघट्टी मा.बिमा व्यवस्थापन गरीएको छ ।

वडा नम्बर ९ गोदनीमा रहेको मोहन्याल आधारभुत बिद्यालयको कक्षा,६,७ र ८ लाई तह घटाई कालिका मा.बि खल्लाखेतमा व्यवस्थापन गरीएको छ ।वडा नम्बर ९ रतिपुरमा रहेको शान्ति आधारभुत बिद्यालयलाई वडा नम्बर ४ गणेषपुरहरुमा अवस्थि सीताकुण्ड माबिमा व्यवस्थापन गर्ने भएको छ । वडा नम्बर १० सिसैयामा रहेको दशरथ प्रा.बि लाई अमर शहिद स्मृति आधारभुत बिद्यालय लठैयामा समायोजन गरीएको छ ।

त्यस्तै वडा नम्बर १२ मा खोपामा रहेको वाल प्रा.बिको कक्षा ४र ५ तह घटाई नकफोडुवा अवस्थित राष्ट्रिय मा.बिमा व्यवस्थापन गरीएको छ । वडा नम्बर १२ शिवपुर रहेको राजाराम प्रा.बि लाई वाल प्रा.बि खोपामा समायोजन गरीएको छ । त्यसै गरी वडा नम्बर १२ वनबर्षामा अवस्थित शिव प्रा.बि लाई राष्ट्रिय मा.बिमा नकफोडुवा समायोजन गरीएको छ ।र वडा नम्बर १० शिखरझाला रहेको सरस्वति मा.बिको ६,७ र ८ कक्षा तह घटाई वडा नम्बर ९ खल्लाखेतमा अवस्थित कालिका मा.बिमा व्यवस्थापन गरीएको छ ।

घोडाघोडी नगरपालिका आधारभुत तथा माध्यमिक शिक्षा कार्यबिधि २०७४ मा के व्यवस्था गरीएको छ त : 

घोडाघोडी नगरपालिका आधारभुत तथा माध्यमिक शिक्षा कार्यबिधि २०७४ को १६ दफा १ मा कुनै पनि अवस्थामा दुई वा दुई भन्दा बढी बिद्यालयलाई एक आपसमा गाभी एउटा बिद्यालय कायम गर्न सकिने छ । अनुसुचि २ बमोजिमको पुुर्वाधार कायम नरहेको, अधिकांश कक्षामा पचास प्रतिशत भन्दा कम विद्यार्थी संख्या भएको,दुई वा सो भन्दा बढी बिद्यालयको परिसर एक आपसमा जोडिएको,आधारभुत बिद्यालय बीचको पैलद दुरी तीस मिनेट भन्दा कम र माध्यमिक बिद्यालय बिचको दुरी एक घण्टा भन्दा कम रहेको,दुई वा सो भन्दा बढी बिद्यालयका व्यवस्थापन समितिले बिद्यालय गाभ्न सयुक्त निवेदन दिएको छ ।

उपदफा (१) बमोजिमको आधारमा बिद्यालयहरु गाभ्ने निर्णय गर्दा कार्यपालिकाले त्यस्ता बिद्यालयको लागी आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी यकिन गरी बढी हुन आएको स्वीकृत दरबन्दीका शिक्षक तथा कर्मचारीको व्यवस्थापनको बिषयमा समेत निर्णय गर्नु पर्नेछ ।

कार्यबिधिमा उल्लेखीत बिद्यालय गाभ्ने सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न कार्यपालिकाले शिक्षा समितिको सिफारिसमा निर्णय गरी लागु गर्न सक्नेछ ।यसरी गाभिएका खाली भएको वा बन्द भएको बिद्यालयमा सामुदायिक प्रयोजनका लागी पुस्तकालय,म्युजियम,संवाद स्थल,वा सीप बिकास केन्द्र,सामुदायीक केन्द्र जस्ता संस्था बनाउने भनिएको छ ।

आधारभुत तथा माध्यमिक शिक्षा कार्यबिधि २०७४ दफा १८ मा कुने बिद्यालको सम्बन्धमा दफा १७ को अवस्था बिद्यमान रहेको भए ता पनि बिद्यालय गाभ्ने आधार औचिन्यपुर्ण नदेखिएमा बिद्यालयको नक्साङ्कन गरि शिक्षा साखा तथा नगर शिक्षा समितिको सिफारिसमा कार्यापालिकाले त्यस्तो बिद्यालयको माथिल्लो तह वा कक्षा घटाउने सक्ने छ भनेर कार्यबिधिमा उल्लेख रहेको छ।