प्रथम आमन्त्रीत घोडाघोडी कप फुटबलको आयोजना - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रथम आमन्त्रीत घोडाघोडी कप फुटबलको आयोजना



कैलाली । घोडाघोडी नगरपालिका–१ सुखडमा ‘प्रथम आमन्त्रीत घोडाघोडी कप फुटबल -२०७६’ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै घोडाघोडी क्लबले प्रथम आमन्त्रीत घोडाघोडी कप हुने जानकारी गराएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ यहि असोज २५ देखि कार्तिक ९ गते प्रथम आमन्त्रीत घोडाघोडी कप फुटबल २०७६ हुने आयोजकले जानकारी दिएको छ ।

घोडाघोडी नगरपालिकामा फुटबलको चहलपहल बढाउने, यस क्षेत्रका अभिभावकलाई फुटबल खेलप्रति उत्प्रेरित गराउने, सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र युवाहरुलाई कुलतमा फस्नबाट बचाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको घोडाघोडी क्लबका अध्यक्ष अर्जुन भट्ट ‘यादव’ले जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम, मध्यपश्चिम जिल्लाका ए श्रेणीका टिम तथा विभागीय गरी १६ टिमको सहभागिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १०१ र द्धितिय हुनेले १ लाख १०१ रुपैयाँ पुरस्कार पाउने छन् । साथै सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उदयमान खेलाडीलाई पुरस्कार प्रदान गर्ने क्लबका उपाध्यक्ष होम तामाङले जानकारी दिए ।

प्रथम आमन्त्रीत घोडाघोडी कप २०७६ घोडाघोडी क्लबको रंगशालामा हुने भएको छ । फुटबल खेलमा ३० लाख खर्च हुने र प्रतियोगितामा अन्दाजी ४५ हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले बताएको छ ।