क्यु ए ए प्राप्तीको अन्तिम चरणमा घोडाघोडी - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

क्यु ए ए प्राप्तीको अन्तिम चरणमा घोडाघोडी



घोडाघोडी । घोडाघोडी नगरपालिका -१ मा रहेको घोडाघोडी बहुमुखी क्याम्पस गुणस्तरिय सुनिश्चितता प्रत्यायन प्रमाण पत्र (क्यु ए ए ) प्राप्तीको लागि अन्तिम चरणमा पुगेको छ । सोही क्रममा गुणस्तरिय सुनिश्चितता प्रत्यायनको सर्वेक्षण टोली मंगलबार घोडाघोडी बहुमुखी क्याम्पसमा पुगेको छ ।

सर्वेक्षणको क्रममा क्याम्पसको विभिन्न विभाग, प्रध्यापक, विद्यार्थी, विभागिय प्रमुख, ब्यापारी , राजनीतिक दल ,सेवा सुविधा प्रवाह र प्रध्यापकहरुको दक्षता लगायतका विभिन्न पक्षहरुमा स्थलगत अनुगमन तथा छलफल गरिने सर्वेक्षण टोलीका संयोजक प्रध्यापक डा. चन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

सर्वेक्षण टोलीको स्वागत कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले विद्यालय तह बाटै गुणस्तरिय शिक्षा दिन सकेमा उच्च शिक्षा पनि गुणस्तरिय हुने भएकोले घोडाघोडी नगरपालिकाले पनि शिक्षा क्षेत्र लाई विशेष प्राथमिकतामा राखेकोे धारणा व्यक्त गरे । घोडाघोडी नगरपालिकाले गुणस्तरीय शिक्षाका लागी सबैभन्दा बढी लगानी गरेको बताउदै नगर प्रमुख चौधरीले नगरपालिकालाई साक्षर नगरपालिका बनाउन आफुहरु लागिपरेको बताए ।

स्वागत कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै सुदुरपश्चिम प्रदेशका सांसद अमर बहादुर साउदले घोडाघोडी बहुमुखी क्याम्पस लाई गुणस्तरिय शिक्षा संगै छात्रवासको आवश्यकता रहेकोले सुदुरपश्चिम प्रदेश सरकार बाट यसै आर्थिक बर्षमा छात्रवास भवन निर्माणको सुरुवात गर्नेे प्रतिवद्धता जनाएका छन् ।

सर्वेक्षण टोलीले ५ दिनको अन्तरालमा घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक तथा प्रविधिगत विकास, सेवा प्रवाह, प्रसासनिक संयन्त्र, विद्यार्थी तथा सरोकारवालाहरु संग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ । घोडाघोडी बहुमुखी कयाम्पसले तोकिएका मापदण्डहरु पुरा गरेका गुणस्तरिय सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्ने सर्वेक्षण टोलीले जनाएको छ । क्याम्पसले गुणस्तरिय सुनिश्चितता प्रमाण पत्र प्राप्त गरेमा विद्यार्थीहरुको प्रमाण पत्रले विश्वव्यापी मान्यता पाउने, समाजको क्याम्पस प्रति विश्वास बढ्ने र अनुदानको समेत प्रवल सम्भावना रहने बताईएको छ ।