घोडाघोडीको सातौ चुनावी साधारणसभा सम्पन्न

विशाल पाण्डेय / घोडाघोडी,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सातौ चुनावी साधारणसभा आज सम्पन्न भएको छ । घोडाघोडी बहुमुखी क्याम्पसका सञ्चालक समितीका अध्यक्ष बलिभद्र सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्ण राज सुवेदी रहनु भएको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री सुवेदीले सरकारको दायित्व उच्च तहको शिक्षा तर्फ रहेको बताउनुभएको छ । प्रदेश विश्व विद्यालय स्थापना गर्न लागिएको बताउदै मन्त्री सुवेदीले गत बर्ष मन्त्रालयको बजेट प्राबि,माबि र निमाबि तहमा लगानि गरिएको र अब भने उच्च तहको शिक्षामा लगानि लगाउने तयारी रहेको बताउनु भयो ।
त्यस्तै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगरपालिकालाइ शैक्षिक स्तरका रुपमा बिकास गर्न लागिपरेको बताउनु भयो । उहाँले नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्नको लागि बजेट समेत बढी छुट्टाइएको बताउनु भयो । घोडाघोडी नगरपालिकामा रहेका तिन वटै क्याम्पस तथा विद्यालयहरुको गुणस्तरमा सुधार ल्याइ नमुना विद्यालयको रुपमा चिनाउने समेत चौधरीले बताउनु भयो ।
कार्यक्रमका बिच भवनको शिलान्यास तथा घोडाघोडी क्याम्पसको स्मारीका बिमोचन समेत गरीएको थियो । भवनको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अथिति मन्त्री सुबेदीले चाडो भवन निर्माण सम्पन्न गर्न समेत आग्रह गर्नुभएको थियो ।
सभाले घोडाघोडी बहुमुखि क्याम्पसको नयाँ संचालन समिति चयनका लागि शिब प्रसाद ढकालको संयोजकत्वमा निर्बाचन समिति गठन गरेको छ । नया कार्य समिति चयनका लागि शनिबार सम्म सहमति गर्ने समितिले निर्णय गरेको छ । शनिबार सम्म पनि सहमति नभए यहि २७ गते निर्बाचन गरीने निर्बाचन समितिले जनाएको छ । निर्बाचनमा ३४८ मतदाता रहेका छ्न ।

