नगरपालिकाको भवन शिलान्यास (फोटो फिचर)
विशाल पाण्डेय / सुखड ,कैलाली ।
घोडाघोडी नगरपालिकाको भवन शिलान्यास गरीएको छ । आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला
घोडाघोडी नगरपालिका -१ सुखड बजारको उत्तरपट्टी रहेको शिबशक्ति सामुदायिक वनको खाली जग्गामा भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।
बुधबार एक औपचारिक कार्यक्रमका बिच पुर्व कृषि मन्त्री तथा कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले भवनको शिलान्यास गरेका थिए । भवन शिलन्यास कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले जसरी भवन शिलन्यास भएको छ, त्यसरी नै भवन निर्माण गर्न तर्फ सबैको साथ सहयोग हुनु पर्ने बताए । भवन निर्धारित समयमा बनाउनु तर्फ नगरपालिकाको बिशेष ध्यान हुने पर्ने बताउदै मन्त्री चौधरीले
नगरपालिकाको भवन बनाउनको लागी जमिन उपलब्ध गराएकोमा शिवशक्ति सामुदायिक वनका सम्पूर्ण पदाधिकारीहरुलाई विशेष धन्यबाद व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले करिब ढाइ बर्षपछि नगरपालिकाले आफ्नै भवन बनाउने क्रममा आज शिलान्यास गर्न पाउँदा आफु निकै खुशी रहेको बताए । भवन निर्माणका लागि सबैसंग लामो छलफल पश्चात् शिलान्यास गरेको बताउदै नगर प्रमुख चौधरीले नगरपालिकाको कार्यालय सुखड क्षेत्र सबैको मुख्य केन्द्रबिन्दु भएको हुनाले भवन निर्माणका लागि जमिन उपलब्ध गराएकोमा शिवशक्ति सामुदायिक वनका पदाधिकारी तथा लोहारपुर बासीलाई धन्यवाद व्यक्त गरेका छन् । शिबशक्ति सामुदायक वनले राखेका गुनासोहरुलाई नगरपालिकाले जसरी भएपनि सम्बोधन गर्ने नगर प्रमुख चौधरीले प्रतिवद्धता समेत जनाएका छन् । साथै नगर प्रमुख चौधरीले नगरपालिकाको भवन निर्माणका लागि सम्पूर्ण नगरबासीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
काम थालिएको दुई वर्षभित्र भवन निर्माण गरिसक्न स्काई निर्माण सेवा,एन के एस निर्माण सेवा लगायतको निर्माण कम्पनीसंग रु ४ करोड १६ लाखको लागतमा साढे तीन तलाको भवनको लागि यस अघिनै ठेक्का सम्झौता गरिएको थियो ।