अध्यक्ष सहित अन्य तीन जनालाई पक्राउ गरेको प्रती घोडाघोडी उद्योग वाणिज्य संघको भत्सर्ना - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अध्यक्ष सहित अन्य तीन जनालाई पक्राउ गरेको प्रती घोडाघोडी उद्योग वाणिज्य संघको भत्सर्ना



विशाल पाण्डेय / सुखड ।

कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटा लगायत आठ जना व्यवसायी विरुद्ध सार्वजनिक मुद्दा दायर गरेको प्रती घोडाघोडी नगरपालिकाले आज प्रेस विज्ञप्ति जारी गर्दै भत्सर्ना जनाएको छ ।

घोडाघोडी उद्योग वाणिज्य संघका महासचिव धिरेन्द्र कठायतको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा यहि असार १० गते गोदावरी नगरपालिकाको तेस्रो नगर सभामा अथितिको रुपमा आमन्त्रण गरि उद्योगी ,व्यवसायी ,व्यापारीका समस्यालाई राख्न आफ्नो बिचार राख्न समय माग्दा नदिए पछि भएको सामान्य विवादलाई आधार बनाइ नगर प्रमुखले सत्ता र शक्तिको उन्मादमा रहि आज बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ ।

लोकतन्त्रमा आफ्नो बिचार राख्न पाउने संवैधानिक तथा मौलिक अधिकार समेत कुण्ठित गर्ने घृणित कार्यको घोडाघोडी उद्योग वाणिज्य संघ घोर भत्सर्ना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै गिरफ्तार गरिएका तिनै जनालाई निशर्त रुपमा यथाशिघ्र रिहाईको समेत घोडाघोडी उद्योग वाणिज्य संघले जोडदार माग गरेको छ ।