घोडाघोडी नगरपालिकामा  बन्द  फिर्ता - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

घोडाघोडी नगरपालिकामा  बन्द  फिर्ता



विशाल पाण्डेय
सुखड , कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा गए राती घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गरेको आक्रमणको बिरोधमा नगर  युवा संघले नगरपालिकामा गरेको बन्द फिर्ता गरेको छ ।

नगर युवा संघले आक्रमणकारीलाई पक्राउ गरि कानुनी दाएरामा ल्याइ कडा भन्दा कडा कारबाहीको माग गर्दै गरेको नगरपालिका बन्दले नागरिकलाई पर्ने असहज परिस्थितिलाई ध्यानमा राख्दै बन्द गराउने निर्णय फिर्ता भएको युवा संघ घोडाघोडी नगर कमिटीका संयोजक टेकराज आचार्यले हिमाल पोस्ट लाई जानकारी दिनु भयो ।

सोमबार राती ८ बजेर १० मिनेट जादा आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समुहले आक्रमण गर्दा पेटको तलपट्टी  गोली लागेको  र टाउकोमा खुकुरी प्रहार गरेपछि उपचारको लागी स्थानीय घोडाघोडी अस्पतालमा पुर्याइएका मेयरलाई राती नै नेपालगन्ज अस्पतालमा लैजान रेफर गरिएको र नेपालगन्जबाट बिहान हेलिकप्टरमा काठमाडौं लगिएको थियो । नगर प्रमुख  चौधरीको स्वास्थमा केही सुधार आएको जनाइएको छ ।