घोडाघोडी कप: उपाधीका लागि आयोजक र सहाराबिच भोलि प्रतिस्पर्धा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

घोडाघोडी कप: उपाधीका लागि आयोजक र सहाराबिच भोलि प्रतिस्पर्धा



विशाल पाण्डेय/सुखड
‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६’ फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (शुक्रबार) हुने भएको छ । प्रतियोगिताको उपाधीका लागी आयोजक घोडाघोडी क्लब सुखड र सहारा क्लब पहलमानपुर बिच प्रतिस्पर्धा हुने भएको हो ।

घोडाघोडी क्लबको आयोजनामा गत असोज २५ गतेदेखि सुरु भएको खेलमा आयोजक घोडाघोडी क्लब सुखडले स्टार सिटि धनगढीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने सहाराले स्पोर्ट्स स्कुल फुटबल एकेडेमी दाङलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसअघि कार्तिक ६ र ९ गते फाइनल खेल हुने भनिएपनी विविध कारणले कार्तिक ८ गते गर्नुपर्ने भएको घोडाघोडी क्लबका अध्यक्ष अर्जुन भट्टले हिमाल पोस्टलाई बताएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सुखडको खेल मैदानमा जारी प्रतियोगिताको बिजेताले २ लाख १ सय १ र उप–विजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता र उदयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । भोलि सुदुर पश्चिम प्रदेशका प्रदेश सांसद अमर साउदले प्रतियोगिताको समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । साथै प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीको हौसला बढाउन तथा खेलको मनोरञ्जन लिनको लागि खेलको अवलोकन गर्नको लागि सबैको उपस्थितिको लागि आयोजक घोडाघोडी क्लबले आग्रह समेत गरेको छ ।