संसद सचिवालयका सचिव घिमिरेले दिए राजीनामा - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

संसद सचिवालयका सचिव घिमिरेले दिए राजीनामा



संसद सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

काठमाडौं- संघीय संसद सचिवालयका सचिव धु्रवप्रसाद घिमिरेले राजीनामा दिएका छन्।

उनले मंगलबार बुझाएको राजीनामा आज स्वीकृत भएको हो।

घिमिरेले पारिवारिक कारणले राजीनामा दिएको बताएका छन्।

संसद सचिवालयका महासचिव डा.भरत गौतमले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणालाई निलम्बन फुकुवासम्बन्धी पत्र दिएपछि विवाद भइरहेको बेला घिमिरेको राजीनामा आएको हो।

उमेर हदले अवकाश हुन ९ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन्।

घिमिरे संघीय संसद सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए।

उनले मंगलबार सचिवालयका महासचिव गौतमसमक्ष राजीनामा दिएका थिए।

समिति सचिवालयका अनुसार बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थपान समितिको बैठकले घिमिरेको राजीनमा स्वीकृत गरेको हो।