सभामुख घिमिरेको चर्को आलोचना - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सभामुख घिमिरेको चर्को आलोचना



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति संसदीय मामिला पत्रकार समाज, नेपालले आपत्ति जनाएको छ ।

सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिले सञ्चारजगत र सञ्चारकर्मीप्रति राखेको तल्लो स्तरको धारणाले चिन्तित र दुःखित भएको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

संसदीय मामिला पत्रकार समाजका महासचिव विष्णु खड्काले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीमाथि लगाएको आरोपको पुष्टि गर्न समेत चुनौती दिएका छन् । हिजोका कठिन समयमा मिडियाले खेलेको भूमिका नभुल्न आग्रह गरिएको छ ।

‘राज्यको उच्च पदमा रहेका व्यक्तिबाट आफूले भनेजस्तो नहुँदा सञ्चारजगतलाई गाली गर्ने, तल्लो स्तरको व्यवहार गर्ने, विभिन्न निराधार आक्षेपहरु लगाउने गरेको तितो अनुभव हामीले गरेका छौं ’विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार जगतलाई हेर्ने दृष्टिमा सम्माननीय सभामुखको यति तल्लो स्तरको सोचाई होला भन्ने हामीले कल्पना समेत गरेका थिएनौं । कानुन बनाउने सर्वोच्च थलो प्रतिनिधि सभाकै सभामुखको सञ्चार जगतप्रतिको यस्तो धारणाले अब संसद्‌मा बन्ने कानुन कसरी मिडियामैत्री होलान् ? भन्ने समेत गम्भीर प्रश्न उठेको छ ।

‘सञ्चार जगतप्रति सभामुख घिमिरेले राखेको धारणाप्रति समाजलेखेद प्रकट गरेको छ । नेपाली सञ्चार जगत मुलुकको हरेक राजनीतिक परिर्वतनका लागि अग्रमोर्चामा रहेर देश र जनताको पक्षमा खरो रुपमा उभिदै आएको समाजले जनाएको छ । हरेक परिर्वतनमा साथ दिँदै नेपालको गणतन्त्र स्थापनामा सञ्चारजगतले खेलको भूमिका अविस्मरणीय रहेको समाजले उल्लेख गरेको छ ।