घट्यो सुनको भाउ ,यस्तो छ आजको मूल्य

काठमाडाैँ। बुधबार सुनको भाउ ताेलामा १०० ले घटेको छ ।
मंगलबार सुनको भाउ ६० हजार ५०० रहेको थियो । अघिल्लो दिनको तुलनामा छापावाल सुनको भाउ १०० घटेर ६० हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्त, तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

