बोर्डिङ भित्रै एक महिलाको घाँटी रेटेर हत्या - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

बोर्डिङ भित्रै एक महिलाको घाँटी रेटेर हत्या



इटहरी, सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ ।

दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दैै बोर्डिङ सञ्चालक शङ्कर थापा लगायतसँँग प्रारम्भिक सोधपुछ भइरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।