१५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

१५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या



पाँचथर । हिलिहाङ गाँउपालिकामा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ पञ्चमीकी शितल योङहाङको आइतबार बेलुकी हत्या भएको पाँचथर प्रहरीले जनाएको छ ।

शितल आइतबार अपरान्ह ४ वजे स्कूलबाट घर आएको र घरको काम सकेर गाँउमा निस्केको पारिवारले बताएको पाँचथरका प्रहरी निरीक्षक अनिल कुमार पौडेलले बताउनु भयो ।

शितलको शव घाँटी काटिएको अवस्थामा आइतबार साँझ ७ बजेको समयमा सडक कान्लोमा फेला परेको प्रहरी निरीक्षक पौडेलेको भनाइ छ । त्यहाँका स्थानीय शिक्षकले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो ।

हत्या कसले र किन ग¥यो भन्ने अनुसन्धान थालिएको पौडेलले बताउनुभयो । हत्या स्थलबाट एक थान मोबाइल फेला पारेको छ ।