इस्लामिक स्टेटद्वारा ११ इसाईको घाँटी रेटेर हत्या - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

इस्लामिक स्टेटद्वारा ११ इसाईको घाँटी रेटेर हत्या



काठमाडौं- जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ।

आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको हो।

बीबीसीका अनुसार आईएसले त्यसलाई अक्टोबरमा सिरियामा आफ्ना नेता र प्रवक्ता हत्या गरिएको बदलाको एउटा घटना भएको बताएको छ।

५६ सेकेन्ड लामो भिडिओमा घाँटी रेटेर मारिएको देखाइएका सबै पुरुष छन्। तर ती को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको छैन।

आईएसले उनीहरूलाई नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ।

भिडिओ बिहीबार सार्वजनिक भएको हो। एक जनालाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर टाउको काटिएको छ।

आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर अन्त्यतिर सिरियामा मारिएका थिए।

विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडिओ सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन्।