निरन्तर घट्दैछ सुन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

निरन्तर घट्दैछ सुन



काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ । लोमो समयदेखि उकालो लागेको सुन आईतबारबाट ओरालो लाग्न थालेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आईतबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँ रहेको सुन बुधबार तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला ७० हजार दुई सय रुपैयाँ कायम भएको हो ।
महासंघले बुधबारको लागि छापावाला सुन प्रतितोला ७० हजार दुई सय र तेजावी सुन प्रतितोला ६९ हजार नौं सय रुपैयाँ कायम गरेको छ ।

अघिल्लो दिन (मंगलबार) प्रतितोला ७० हजार आठ सय रुपैयाँ रहेको सुन बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो । सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८६५ रुपैयाँ रहेको चाँदी बुधबार तोलामा २० रुपैयाँ घटेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भएको छ ।