मार्मिक गीत ‘घरको याद’ सार्वजनिक -भिडियो - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मार्मिक गीत ‘घरको याद’ सार्वजनिक -भिडियो



गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीतको म्युजिका भिडियो सार्बजनिक भएको छ । परदेशमा बस्नेको पिडालाई समेट्दै साप्कोटाले ‘घरको याद’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

निकै मार्मिक उक्त गीत मा परदेशमा बसेर घरको याद आएको कुरा गीतमा व्यक्त गरिएको छ । सापकोटाकै शब्द रचना रहेको गीतमा राजु,रोमा,कंडेल डोचाराम सापकोटाको अभिनय रहेको छ । प्रबासमा रहेर नेपाली गीत संगीतमा केहि गर्ने चाहना राख्ने प्रतिभाहरुलाइ सांगीतिक क्षेत्रमा भित्र्याई रहेका साप्कोटाले यस अघी बेल्जियम बस्दै आएका नारायण धिताल र अर्जुनरत्न भिकारीको एल्बम ‘जय माया प्रेम’ सार्बजनिक गरेका थिए । यो पटक जापान बस्दै आएका राजु कंडेललाइ प्रस्तुत गरेका छन् ।

बिशाल भट्टले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने सापकोटाकै निर्देशन रहेको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।