घरभाडा ३ महिनासम्म नतिरेमा कारबाही - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

घरभाडा ३ महिनासम्म नतिरेमा कारबाही



काठमाडौं – के तपाईंले घर भाडामा लिएर बस्नुभएको छ ? पैसा छैन भनेर भाडा तिर्न हेलचेक्रय्याईं गर्दै हुनुहुन्छ कि ?

३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भो वडा कार्यालयले कारबाहीके प्रक्रिय अघि बढाउने छ ।

घरमा ताला लगाएर लज्जित बनाउन सक्छ, ख्याल गर्नुहोला ।

यो ऐन भदौ १ गतेबाट लागू हुनेछ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

मुलुकी ऐन देवानी (संहिता) ऐन २०७४ को दफा ४ सय ४ मा घर लिने कुनै व्यक्ति बिनासूचना तीन महिना वा सो भन्दा बढी अवधिसम्म घरभाडा रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्वजनिक रुपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजको कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो बेहोराको निवेदन दिनुपर्नेछ ।

त्यसपछि १५ दिनको सूचना दिई वडा कार्यालयले बहालवालालाई उपस्थित हुन सार्वजनिक सूचना गर्नेछ ।