घरगोठ जलेर नष्ट, दश लाख भन्दा बढिको क्षति - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

घरगोठ जलेर नष्ट, दश लाख भन्दा बढिको क्षति



कमल बन्जाडे / कपिलवस्तु

कपिलवस्तुका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुदाँ दश लाख भन्दा बढीको क्षति भएको छ ।

विजयनगर गाउँपालिका–६ छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईबस्तुलाई तातो बनाउनका लागी बालिएको आगो एक्कासी गोठमा सल्किदा फुरले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बबाख्रा, ८ वटा कुखुरा जलेर नष्ट भएका छन् । साथै ४ वटा गाई गोरु समेत जलेर घाईते भएका छन् ।

विकको घर, गोठ र चौपया जलेर नष्ट हुदाँ ५ लाख २ हजार भन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिम बहादुर घर्तीले जानकारी दिए । यस्तै शिवराज नगरपालीका–३ मधवाका राम प्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक फुसले छाएको गोठमा सल्किदा फुसले छाएको २ तले घर र गोठ जलेर खरानी भएको छ ।

साथै गोठमा भएको गोरु र ५ वटा बाख्रा पनि जलेर मरेका छन् भने एउटा गाई जलेर घाईते भएको छ । आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा चौपाया नष्ट हुदाँ पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।