घनश्याम भुसालतर्फ हेर्दै नेपालले भने- उहाँले पनि ओलीलाई धुन सक्नुभएन
बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले दुई तिहाइको सरकार चलाएका एमाले नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले दुई तिहाइको सरकार भएर पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले काम गर्न नसकेको बताएका हुन् ।
साथै उनले ओलीलाई लक्षित गर्दै’ काम गर्न दिएनन् भन्दा सरम लाग्दैन ?’ भन्द्रै प्रश्न पनि गरे । “ओलीको क्यारिकेचर गर्दै ‘मलाई काम गर्न दिएनन्, म के गरूँ’ रे ! यसो भन्दा लाज लागेन ? दुई तिहाइलाई जनताका लागि प्रयोग गर्दै विकास गर्नुको साटो अधोगति र संविधान नै उल्ट्याउने खेलमा लाग्ने ?”
उनले ओली कुनैपनि समयमा नसुध्रिने बताउँदै पछिल्लो समय नेता घनश्याम भुसाललगायत साबुनले नुहाइदिएर परिवर्तन गराउन बसेपनि नसुध्रिएको बताए ।
घनश्याम भुसालतर्फ हेर्दै नेपालले भने, “उहाँले ओलीलाई धुन्छु भन्नुभएको थियो । साबुन पानीले धुँदाधुदै पाखा लाग्नु पर्यो । मैले पहिले नै भनेको थिए ओली सुध्रिनेवाला छैनन् ।”