‘सुखी नेपाली, समृद्ध नेपाल'को एजेण्डा घनश्याम भुसालले तयार पारेको खुलासा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा घनश्याम भुसालले तयार पारेको खुलासा



तिलोत्तमा- नेकपा एमालेका पूर्वनेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दाबी गरेका छन् ।

त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको प्रस्तावक आफू भएको बताएका हुन् ।

रुपन्देहीको देवदहमा मतदातासँग कुरा गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने दाबी गरे । यस क्रममा संविधानको रक्षा र लोकतन्त्रको विकास बिना समृद्धिको सपना पूरा नहुने भन्दै निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग संविधानको रक्षा गर्छौं कि गर्दैनौ भनेर प्रश्न गर्न भुसालले आग्रह गरेका थिए ।

आफू यस क्षेत्रको विकासका लागि समर्पित भएर लाग्ने र त्यसलाई आफूले कुराले मात्रै नभई व्यवहारमै गरेर देखाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । मतदाताले विवेक प्रयोग गरेर असल र इमान्दार उम्मेदवार छान्नुपर्ने नेता भुसालको भनाइ थियो ।