घनश्याम भुषाललाई ऋषि आजादको पत्र ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घनश्याम भुषाललाई ऋषि आजादको पत्र !



आदरणीय घनश्याम भुसाल ज्यू !!
सांसद प्रतिनिधि सभा !

तपाईँले विगत एक दशकदेखि नेपाली समाजकाे प्रकृति र विशेषताकाे विषयमा गहन अध्ययन अनुसन्धान गर्नु भयाे । सामन्तवादको अवशेषसहित पुँजीवादकाे प्रभाव गाउँ/नगर/सहर सबैतिर परिसकेको निष्कर्षसहित नेपाली क्रान्ति पुँजीवादी जनवादी क्रान्तिको चरणमा पुगेकाे बताउनु भयाे । यसले दुई ठुला वामपन्थी दलहरूमा गम्भीर प्रभाव छेड्याे । दुवै दलका महाधिवेशनहरूमा घनश्यामकाे केन्द्रीय पहिचान बन्यो ।
घनश्याम मार्क्सवादका प्रकाण्ड विद्वान हुन् भन्दा हामीलाई गर्व लाग्छ । तर तपाईकाे अध्ययन र अनुसन्धानमा लेनिनवादी सङ्गठनात्मक सिद्धान्त पर्दै परेन । किन कि त्याे सिद्धान्त पार्टी सदस्यकाे अनुकूल भन्दा पनि ” नेता अनुकूल” थियाे र छ ।

अहिले राज्य प्रणाली लाेकतान्त्रिक बनिरहेकाे छ । तर पार्टी प्रणालीहरू निरङ्कुश बनिरहेका छन् । नेता जमिन्दार, पार्टीहरू माैजा र पार्टी सदस्यहरू तपाईकाे भाषामा कुत तिर्ने रैतीजस्ता छन् । उनीहरुकाे सार्वभाैम अधिकार खाेसिएकाे छ ।

कम्युनिस्ट सङ्गठनहरूलाई जनवादी सङ्गठन बनाउने हाे भने पार्टी सदस्यले, पार्टी सदस्यकाे लागि पार्टी सदस्यद्वारा ( बाई द क्याडर, अफ द क्याडर फर द क्याडर) बनाउनु पर्छ ।

लेनिनवादी सङ्गठनात्मक सिद्धान्त युद्धकालीन सङ्गठनात्मक सिद्धान्त हाे । लेनिनले युद्धकालमै निर्माण गरेकाे ढाँचा हाे । उनले पनि यसलाई आफू अनुकूल चेन अफ कमाण्डकाे आधारमा प्रयाेग गरे । समाजवादीेहरुले मात्र हैन पुँजीवादीहरूले पनि आफू अनुकूल भएको हुनाले संसारभर प्रचलनमा अायाे । राज्य प्रणालीहरू लाेकतान्त्रिक बनाउने तर पार्टी प्रणालीहरू शक्तिशाली व्यक्ति अधीनस्थ तानासाही प्रकृतिका बनाउने हाेड नै चल्याे ।

नेपाली राजनीति २००६ सालदेखि आजसम्म युद्ध अान्दाेलनबाट गुज्रिरहेकाे समयमा कम्युनिस्ट पार्टीहरूमा केन्द्रीयता प्रबल हुनु अनिवार्य र स्वाभाविक पनि थियाे । पार्टीहरू नै सैनिक संगठनकाे ढाँचामा थिए । पार्टी पद्धति याे चेन अफ कमाण्डकाे आधारमा चलेकाे थियाे ।

व्यक्ति पार्टीको अधीनमा, तल्ला कमिटीहरू माथिल्लाे कमिटीकाे अधीनमा, अल्प मत बहुमतको अधीनमा, सबै कमिटीहरू केन्द्रीय कमिटीकाे अधीनमा, केन्द्रीय कमिटी महाधिवेशनकाे अधीनमा थियाे । याे तत्कालीन युगकाे अावश्कता थियाे । युद्धले जन्माएको सङ्गठनात्मक सिद्धान्त थियाे ।

अबकाे खुल्ला जनवादी चरणमा याे अधीनतावादी पद्धतिले काम गर्दैन । युद्धकालीन/ अान्दाेलनकालीन चरणमा केन्द्रबाट मनाेनित हुँदै स्थानीय तहतिर आउने चेन अफ कमाण्डमा आधारित केन्द्रीकृत ढाँचा आवश्यक थियाे भने जनवादी चरणमा स्थानीय तहबाट निर्वाचित हुँदै केन्द्रतिर जाने जनवादी सङ्गठनात्मक ढाँचा आवश्यक आवश्यक छ । तर तपाइहरू विगतकाे सिंहमाथि चढेजस्ताे सङ्गठनात्मक ढाँचामा अभ्यस्त हुनुहुन्छ । सिंहबाट नअाेर्लिकन जीवनभर नेता बन्न चाहनुहुन्छ । सिंहबाट अाेर्लेपछि त्यही सिंहले खान्छ कि भन्ने भय तपाईहरुकाे मनाेविज्ञानमा छ ।

लिडरबेश हुकुमी संरचनालाई क्याडरबेश संरचनामा बदल्दा आउने समस्या नै तपाईहरुकाे फेबिया बन्यो । यसलाई कसरी व्यवस्थापन गर्ने ? यसतिर तपाईकाे खाेज अनुसन्धान हुनुपर्छ । “आफू अनुकूल सोचिने” पद्धिलाई बदलेर उदारताका आधारमा विधिकाे सर्वाेच्चतामा लैजाने हिम्मत गर्नुपर्छ । फैसला शक्तिशाली नेताबाट हैन,सार्वभाैमसत्ता सम्पन्न पार्टी सदस्यबाट विधिवत रूपमा हुनुपर्छ । यसाे गर्न नसके कम्युनिस्ट पार्टीहरूमा खासै सुधार आउँदैन । यसकाे विकृति देखिनेछ । पार्टीमा हुर्केका तानासाहहरूले लाेकतान्त्रिक प्रणालीलाई पनि “आफू अनुकूल” बनाउने छन् । यसले लाेकतन्त्रलाई संस्थागत हुन दिनेछैन ।

समय समयमा कू हुने सम्भावना रहनेछ । त्यसैले अधीनतामा आधारित सङ्गठनात्मक पद्धतिलाई संशाेधन गरेर जनवादी पद्धतिमा लैजानु आवश्यक छ । पार्टीभित्रबाटै लाेकतान्त्रिक अभ्यासमा पारङ्गत हुँदै परिस्कृत नेता भएर राज्य प्रणालीमा पुराउने पद्धतिकाे खाँचाे छ ।

अबकाे महाधिवेशनमा तपाईकाे निब यतातिर गाडेस् किबाेर्ड यतातिर थिचियाेस् । अब “आफू अनुकूल सोच्ने” नेता हैन लाेकतान्त्रिक पद्धति अनुकूल सोच्ने नेताकाे आवश्यक छ । यस्ताे नेता युगले मागेकाे छ । याे युगकाे माग पूरा गर्न तपाईँ अघि अाउनुहाेस् । “आफू अनुकूल सोच्ने” नेताहरुकाे बिचमा तपाईँ एकफेर फन्कनु पर्छ । परिवर्तन आउँछ । हामी साथमा छाैं ।

उही तपाईकाे “आजाद”