घाईते काँग्रेसका युवा नेता मिश्र उपचार पश्चात ग्राण्डी हस्पीटलबाट डिस्चार्ज हुँदै। - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घाईते काँग्रेसका युवा नेता मिश्र उपचार पश्चात ग्राण्डी हस्पीटलबाट डिस्चार्ज हुँदै।



काठमाडौं ,मंसिर ४ ।

केहि दिन अगाडी नुवाकोट जिल्ला क्षेत्र नं १ अन्तर्गत पर्ने ककनी गाँउपालीका ५ को मजुवामा नेपाली काँग्रेसको चुनावी अभियानमा हिडेको डा.रामशरण महत र रमेश कुमार महत चढेको गाडीलाई लक्षित गरी आतङ्ककारी मनोवृत भएकाहरूले गराएको बम बिस्फोटमा परी ४ जना घाइते भएकाहरूको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।केहिको अबस्था जटिल भए पनि क्रमिक सुधारको अबस्थामा रहेको छ।बम आक्रमणमा परी घाईते हुनु भएका नेपाली काँग्रेस नुवाकोटका युवा नेता उपेन्द्र मिश्र ३ दिनको हस्पिटल बसाई पछि आज डिस्चार्ज हुँदै छन।

नुवाकोटमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बिच कडा प्रतिस्पर्धा भई रहेको अबस्थामा यस्तो किसिमको घटना घटाउनुको पछाडी बाम गठबन्धनको हात रहेको होकी भन्ने शंका गरीएको छ।उक्त घटनालाई मानव अधिकारकर्मीहरूले पनि गम्भीर रूपमा हेरेको छ।यस घटनामा नेता महत द्वयको हत्या गराउने सोचले नै योजना तय गरीएको हामी बुझ्दछौ।

उक्त नुवाकोटमा घटेको घटनाले सामाजिक संजालहरू पनि खुबै तातेको थियो।बिदेशमा कार्यरत रहेका काँग्रेसीहरू देखि लिएर स्वदेशमा रहेका राष्ट्रियता लोकतन्त्र र समाजबादका हिमायतिहरूले घटनाको घोर निन्दा गर्दै घाईतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।नेता उपेन्द्र मिश्रको तस्बिर साजिक संजालमा भाईरल भएसंगै मिश्रले पनि आफ्ना “शुभचिन्तकहरूलाई धन्यबाद दिदै तपाईहरूको माया र सदभाव साथै समयमै उपचारका निमित्त प्राथमिक उपचार साथै साधनको ब्यबस्था हुनुले नै नयाँ जीवन पाएको ठान्दछु”र यस घटनामा महत्व पुर्ण सहयोग गर्नु हुने साथी भाई प्रति आभारी छु भनेका छन।

मिश्र हस्पीटलबाट डिस्चार्ज भए पनि केहि दिन आरम गर्नु पर्ने भएकोले डाक्टरको सल्लाह बमोजिम आरम गर्ने छन।चुनावमा खटिनु पर्ने अबस्थामा घाईते हुँदा दुख पनि मानी रहेका छन।नुवाकोटमा बाम गठबन्धनका नाममा काँग्रेसका कार्यकर्ता माथि हात पात गर्ने काम समेत भएको छ।यदि यस पालीको चुनावमा डा.महतले बिजय हासील गरे भने दोस्रो ह्याट्रिक गर्ने छन भने हित बहादुर तमाङ्ले भने हारेमा ह्याट्रिक गर्ने छन।

नुवाकोटको राजनितिमा काँग्रेसको माहौल एकदमै राम्रो रहेको कुरा ब्यक्त गर्नु हुन्छ नुवाकोट क्षेत्र नं१का प्रदेश ख का काँग्रेसका उमेदवार रमेश कुमार महत।नुवाकोटका जनताले यसपाली पनि डा. महतलाई नै मतदान गर्ने छौ प्रतिबद्धता समेत जाहेर गरी सकेका छन। घाईते हुनु भएका मिश्रले यो समयमा काँग्रेसी मित्रहरूलाई आत्मसंयमता अपनाई चुनावी अभियानलाई निरन्तरता दिनका लागि आग्रह गर्नु भएको छ।कुकर बम बिष्फोटमा मिश्र चढेको गाडी नै परेको थियो।गाडी कामै नलाग्ने अबस्थामा थियो।