गजल - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गजल



नशा भरेकाे सराव जस्तै नजर रहेछन् कसै कसैका !
मुसुक्क हाँस्दा भुतुक्क पार्ने अधर रहेछन् कसै कसैका !!

अतीत बल्झ्याे नयन रसायाे हिया दुखायाे मजा भयाे झन्
बुझे म भित्रै सदैव दुख्ने असर रहेछन् कसै कसैका !!

जहर पिलाऊ बरु म प्यूछु याे साथ छाड्नै हुँदैन भन्छिन्
याे जिन्दगी साथ -साथ ज्यूने रहर रहेछन् कसै कसैका !!

खबर छ यस्तै बने म पागल, हरेक पलमा छ मित्र बाेतल
असाध्य मिठा सुनी रहूझैं खबर रहेछन् कसै कसैका !!

सराेज फूल्थ्याे सधैँ हिलामा चुँडे कसैले चढ्याे शिलामा,
शिला पुजी स्वर्ग पुग्न खाेज्ने सफर रहेछन् कसै कसैका !!

सराेज ‘सर्वहारा’
बुटबल, हाल कोरिया