गजल
विगतका यादहरुले यसरी डसेको छ
जो अमिट छाप बनी दिलमा बसेको छ
न भित्र दबाउन सकियो न बाहिर देखियो
खुशीहरु बाध्यताले बलजफ्ती कसेको छ
मागेर पूरा भएनन ती अधुरा रहरहरु
आकाशबाट तारा फगतमा खसेको छ
अगाडि भयभीत छाँगा छ पछाडि पहरा
मेरो जिन्दगी यहीँ दोसाँधमा फसेको छ
हेरौं बिरालाहरु कत्तिको तर्सिदा रहेछ्न
मुसाको छाउरा पनि दरबार पसेको छ
सायद मर्न भन्दा बौलाउनै उचित लाग्यो
तिम्रै नाममा”समीप”ले खरानी घसेको छ
समीर समीप
वाणगंगा-९,कपिलवस्तु