गजल - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

गजल



यो रगतको आहाल के को लागि हो?
आँगनीमा पर्खाल के को लागि हो?

पीठ खोज्दै तरबार हान्ने मित्र छन्
सामु छातीमा ढाल के को लागि हो?

यो मुलुक हुत्याएर कैयौँ युग पछि
फेरि नौलो सञ्जाल के को लागि हो?

राज्य सत्ता भत्ता तलब सब सुम्पियौं
काढ्न छोडेनौ र्‍याल के को लागि हो?

खै कहाँ छन् ती युद्धका बन्दीहरू?
गुम बनायौ कंकाल के को लागि हो?

– प्रमोद थापा ‘निषाद’
लमजुङ, हाल यु एई