गजल
-ललित जाग्री / कैलाली
माया प्रेमका गीतहरु नलेख्नु भन्दिनु
मिलनका सपना हरु नदेख्नु भन्दिनु
जे भए नि उनको तस्विर हेर्न चहान्छु
ब्लक गरि प्रोफाइल नछेक्नु भन्दिनु
जीवनको यो यात्रा धेरै नै गर्नु छ यहाँ
पहिरो जाने गोरेटोमा नटेक्नु भन्दिनु
संसार कै सबै भन्दा प्यारी मान्छे उ
एककासी मेरो घाँटी नरेट्नु भन्दिनु