गजल-कृष्ण भुसाल प्यासी - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

गजल-कृष्ण भुसाल प्यासी



बन्यो बिम्ब तिम्रो, यिनै दृष्टि सँग
भयो घाउ आलो हरायो उमंग !!

छुट्यो प्यार हाम्रो, भयौँ प्रेम रोगी
मर्यो आस सारा, उड्यो प्यार रङ्ग

रह्यो याद मात्रै, हिया भित्र तिम्रो
लजाएर झुक्थ्यौ, बनाएर दङ्ग !!

यसै सम्झनाले बनेको छु घायल
त्यसैमाथि बल्झ्यो भँगेरीको जङ्ग !!

म हुँ प्रेम प्यासी तिमी सारथी हौ
बस्यौ सम्झनामा हुँदा प्यार भङ्ग !!

– कृष्ण भुसाल प्यासी
हाल, ओमन