गजल - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गजल



ए चन्चले नानी ,भयो कस्तो – कस्तो
देख्दा तिम्रो बानी भयो कस्तो कस्तो !!

सपना मै आँसु बगेछन ती राती
ब्युझिदा शिरानी भयो कस्तो कस्तो !!

आफ्नै सोचे,आफ्नै दिल भित्र राखे
हिड्यौ जानीजानी,भयो कस्तो कस्तो !!

नदी-नाला बेची , बन -जङ्गल बेची
भन्छन् स्वाभिमानी भयो कस्तो कस्तो !!

आफ्नैहरु लुटी खानै सम्म खायो
तिम्रो राजधानी ,भयो कस्तो कस्तो !!

जनक सन्याल
हाल कोरिया