गजल - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

गजल



याद आई कुरा गर्दा तिमी कहाँ थियोै
म एक्लै खोला तर्दा तिमी कहाँ थियोै।।

मैले कति दुख पाएर, सम्झिए तिमीलाई
मेरो शरीरले खाल्डो भर्दा तिमी कहाँ थियोै।।

खुसी रोप्न विऊ छर्दा तिमि कहाँ थियोैँ
एकान्तमा मेरो आँसु झर्दा तिमी कहाँ थियाै।।

फर्की अाउछ्योैँ भन्ने कत्रो आशा थियो
मलाई दुःख पर्दा तिमी कहाँ थियौ।।

चिप्लो बाटोमा म लर्दा तिमी कहाँ थियोैँ
हद भएर बसाँई सर्दा तिमी कहाँ थियोै।।

तिमी विश्वको नमुना सहर बनाउँदै छोैँ
त्यो ढलमा म झरी मर्दा तिमी कहाँ थियोै।।