गजल
बाटोमा हिँड्नलाई खबरदारी थियो,
जनावरको रक्षक स्वयम् सिकारी थियो।
नदीको भेलमा यसरी उभियो मान्छे,
न त बारी थियो न त पारी थियौ।
लाख कोसिस गर्दा नबुझ्ने नपग्लिने,
ढुङ्गो न वा सरकारी कर्मचारी थियो।
ठुलो भुँडी लिई निमुखालाई व्यङ्ग्य गर्ने.
दिउँसो थोरै खाने ऊ स्वल्पाहारी थियो।
जसलाई देखेर आफू डराएको थिएँ,
आफैँले भुलेको पुरानो चिनारी थियो।
डी के यात्री
हेटौंडा