गजल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गजल



बजाउला म सारङ्गी छरेर एकताको धून्।
मुनाल, कस्तुरी, डाँफे मिलेर मस्तले नाचून्।।

छरोस घामले न्यानो सुरम्य ज्योति आशाको,
गुराँस चापको मीठो यही सुगन्ध भई फैलून्।।

नराख वैर दृष्टि क्यै तराईले हिमालीमा,
बराबरी छ हक हाम्रो बराबरी नियम कानून्।।

गरेर फर्फरी झन्डा बतास छर्नु आस्थाको,
कुना र कन्दरा सधैँ उमङ्ग काखमा राखून्।।

अथाह यो खुसी छर्दै स्वदेश हाँस्छ छातीमा,
झरेर आँसु को वर्षा भिजेछ यादको बिस्कुन्।।

गरौँ न कामना साथी बसेर गोलबन्दीमा
लिएर शान्तिको दीप पुनश्च बुद्ध यैँ फर्कून्।।

दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
०६ जेष्ठ २०७३