गजल
उसले बिर्सिनुपर्ने बाचा निभाएर गयाे
बालुवाले छाेपेर मुहान लुकाएर गयाे ।
दिर्घायुकाे कामना पनि गरेकाे हुनसक्छ
दीयाे सल्कायाे र भेलमा बगाएर गयाे ।
घरभित्रै खरानी भए धन जाेगाउनेहरू
आगाे देख्याे पशुले दाम्लाे चुँडाएर गयाे ।
हुँदाकाे सुख सम्झेँ गुमाउँदाकाे दुखलाई
घाम डुब्ने ठाउँसम्म पुग्न उदाएर गयाे ।
हरेकपल्ट टुक्रिएँ सम्हालिएँ यही साेचेर
याे बर्बादीले पनि उचाइमा पुर्याएर गयाे ।
– विजय योजित
झापा, हाल: दोहा कतार