वेस्ट इण्डिजबाट क्रिस गेल 'आउट' - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

वेस्ट इण्डिजबाट क्रिस गेल ‘आउट’



एजेन्सी- अगस्ट ३ बाट भारत-वेस्ट इण्डिज क्रिकेट सिरिज सुरू हुँदैछ। सिरिजमा दुबै देशले तीन टि-२०, ३ वान डे र दुई टेस्ट म्याच खेल्दैछन्।

यसको सुरूवात टि-२० क्रिकेटबाट हुँदैछ जसका लागि इण्डिजले आफ्नो टोलीको घोषणा छ। कार्लोस ब्रैथवेटको कप्तानीमा घोषणा गरिएको टोलीमा क्रिस गेल अटाएका छैनन्।

उसले घोषणा गरेको टोलीमा विश्वकप खेलेका ६ खेलाडीले मात्र मौका पाएका छन्। टोलीमा यसरी मौका पाउनेमा आन्द्रे रसेल, निकोलस पुरन, इवान लुइस, शिमरोन हेटमायर, शेल्डन काट्रेल र ओशाने थमस रहेका छन् भने विश्वकप खेलेका जेसन होल्डर, क्रिस गेल, डैरन ब्रावो, एशले नर्स, फैबियन एलेन, शाई होप, केमार रोच र शेनन गैब्रियल टोलीमा परेका छैनन्।

यसैगरी टोलीमा किरोन पोलार्ड र सुनील नरेन फिर्ता भएका छन्।

टोली चयनमा आईपिएलको असर स्पष्ट रूपमा देखिएको छ। टोलीमा आईपिएल खेलेका खेलाडी धेरै छनौट भएका छन्। मात्र क्रिस गेल अटाएका छैनन्। गेलले केवल वान डे विश्वकपका लागि विण्डिजसँग सहमति जनाएका थिए। कप्तान कार्लोस ब्रैथवेट, सुनुल नरेन तथा आन्द्रे रसेलले आईपिएलमा कोलकाता नाईट राइडर्सका लागि खेल्छन्।

वेस्ट इण्डिज टोलीः कार्लोस ब्रैथवेट (कप्तान), जोन केम्पबेल, इवान लुईस, शिमरोन हेटमायर, निकोलस पूरन, कीरोन पोलार्ड, रोवमैन पावेल, कीमो पल, सुनील नरेन, शेल्डन कॉट्रेल, ओशाने थमस एंथनी ब्राम्बले, आन्द्रे रसेल, कैरे पियरे.