गायिका इन्दिरा रजक र अनिता कुँवरको "दिदी बहिनी" तीज गीतले बजार तताउदै(भिडियो सहित) - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गायिका इन्दिरा रजक र अनिता कुँवरको “दिदी बहिनी” तीज गीतले बजार तताउदै(भिडियो सहित)



जि. बि आग्री ।
गायिका इन्दिरा रजक र अनिता कुवरको आवाजमा रहेको ‘दिदी बहिनी माइती घरमा ’ बोलको तीज गीतले दिन प्रती दिन बजारमा चर्चा बटुल्न सफल भएको छ।

बावुल गिरीको शब्द ,संगित रहेको उक्त गीतको म्युजिक भिडियोमा चर्चित भिडियो निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन भने सुस्मिता ढकाल र अनिता केसीको अभिनय देख्न सकिन्छ ।

माइती घरको झझल्को आउने खालको शब्द संयोजन गरिएको उक्त गितको म्युजिक भिडियोमा मौलिकता र माइतीघर अनि आमाबुवा ,साथि भाइहरुको सम्बन्धलाई झल्काउने खालको रहेको छ। तडक भडक शैलिको तीज गीतहरु वजारमा आईरहेको अवस्थामा यो तीज गीतले भने आफ्नो मौलिकतालाई कायमै राखेको पाईन्छ । म्युजिक नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोको मिलन बिकको सम्पादन रहेको छ भने भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन ।

यस अघि पनि ‘बिझाउदो रैछ आखैमा’ भन्ने बोलको चर्चित गीत बाट एकाएक चर्चामा आएकी इन्दिराको यो चौथो कोसेली हो । शब्दको रचना पनि गर्ने इन्दिरा रजक स्वर मा पनि उतिकै राम्रो गाउने गायिका भित्र पर्दछिन । आधुनिक, लोक पप गाउने इन्दिरा आगामी दिनहरुमा साङितिक यात्रालाई अगाडि बढाउने सोचमा यो क्षेत्रमा आएको बताइन् ।

हेर्नुहोस भिडियो :