गायिका थापाको मार्मिक तिज गीत ‘दशा’ सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

गायिका थापाको मार्मिक तिज गीत ‘दशा’ सार्वजनिक(भिडियो सहित)



काठमाडौं  । हरितालिका तीजको अवसर पारेर लोकदोहोरी गायिका गायत्री थापाले मार्मिक गीत ‘दशा’ सार्वजनिक गरेकी छन् ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई मध्यनजर गर्दै लोकप्रिय गायिका थापाको प्रस्तुतिमा बोल माया गीत गाएर एकाएक चर्चामा आएकी गायिका शान्तिश्री परियार र जया देवकोटाको आवाजमा मार्मिक गीत ‘दशा’ सार्वजनिक भएको हो।

गीतमा गायत्री थापाको शब्द सृजना छ। गीतमा लय जय देवकोटाको नै छ, भने यस गीतको म्युजिक भिडियोको निर्देशन भने दुर्गा पौडेलले गरेका छन् ।

गीतको म्युजिक भिडियोको सम्पादन श्याम कुँवरले गरेका छन् । यस गीतमा जय देवकोटा, गायत्री थापा, भरत शाह, रमा थपलिया र सुरवीर पण्डितको दमदार अभिनय छ।
यस गीतको भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने शिव दर्शन डिजिटल प्रा.लिले गरेको छ ।

हरितालिका तीज भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

https://youtu.be/dHI0TJgAed8