गायक संजिब र गायिका टिकाको ” अलि अलि “ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गायक संजिब र गायिका टिकाको ” अलि अलि “ सार्वजनिक (भिडियो सहित)



कैलाली । गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘अलि अलि गर्दै’ सार्वजनिक भएको छ । यस गीतमा गायिका टीका प्रसाईंकै शब्द संगीत रहेको छ भने संगीत–संयोजन रिकेश गुरुङ्गको रहेको छ । सुमधुर गायनमा अब्बल यी सांगीतिक जोडी दर्शक श्रोतामाझ दिन दिनै लोकप्रिय हुँदै गइरहेका छन् ।

गायक संजिब पराजुली र गायिका टीका प्रसाईंको ‘संग संगै…’ एल्बममा समावेश यो गीत तेश्रो रहेको छ । यसै एल्बमका गीतहरु ‘तिमी मलाई मन पर्छ (एउटा कुरा भनुँ) र ‘नाइँ मलाई थाहा छैन’ पहिले नै सार्वजनिक भई सकेका छन् । गायिका प्रसाइँको ‘माया लुकि लुकि’ केहि हफ्ता अघि सार्वजनिक भई हाल चर्चाको शिखरमा पुगेको छ । गायक तथा गायिकाको केहि महिना अघि सार्वजनिक भएको गीत ‘पहिलो भेटैमा’ले पनि राम्रै चर्चा बटुल्न सफल भएको छ ।

गीतको भिडीयोमा राजु कान र अलिशा कटवालको रोमान्स हेर्न सकिन्छ । भिडीयोलाई राजु कानले निर्देशन गरेका हुन् भने दृश्य सम्पादन र कलरिंग प्रविन श्रेष्ठले गरेका हुन् । ब्ल्याक आइ क्रिएशनको प्रोडक्सनमा तयार गरिएको यस भिडीयोमा छायाँकार कृष्ण सुवेदी, सुदिप बिष्ट र नेत्र गुरुङ्गले गर्नु भएको छ । गीतमा अष्ट्रेलियाको ब्रिसबेन र नेपालको पोखराको दृश्यहरु देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :