गायक कमल बिसि गर्लफ्रेन्डको खोजिमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गायक कमल बिसि गर्लफ्रेन्डको खोजिमा



काठमाडौं । गायक तथा मोडल कमल बिसि गर्लफ्रेन्डको खोजिमा भैतारिरहेका छन । प्रसङ्ग गर्ल फ्रेन्ड छैन गितको को हो, पछिल्लो समयमा चर्चा कमाइरहेका कमल बिसि माल्दाइको गर्लफ्रेण्ड छैन गितले बजारमा निकै चर्चा कमाउन सफल भएको छ ।

बिसिको आफ्नै शब्द संगीत र स्वर रहेको गर्लफ्रेन्ड छैन गितमा पचिल्लो समयमा चर्चामा रहेका निर्देशक बिक्रम चौहाङ, मोडल अरुशी मगर र स्वयम बिसिको मुख्य भुमिका रहेको छ ।

बुवा मान बहादुर बुढाक्षेत्री को अति पृय छोरा बिसि आमा कला बुढा क्षेत्रीको कोखबाट बर्दियामै जन्मिएका थिए । बिगत तीन बर्स देखि कलाकारिता क्षेत्रमा लागिरहेका बिसि घर बर्दिया भए पनि हाल काठमाडौंमै बस्दै आएका छन ।

पछिल्लो समय चर्चामा रहेका सयौ गितहरु मध्ये भगवानलाई झुक्ने गराउछु, मेरो गर्लफ्रेन्ड छैन, झम्के साझमा, जुँगा पालेको, बुढी रिसाउछे, मेरो माया कता छ कुन्नी, लगायतका थुप्रै गितहरु अतिनै चर्चामा छन । ती मध्ये मेरो गर्लफ्रेन्ड छैन डिजे गितले सबै भन्दा बढी चर्चा बटुलेको छ ।

गित संगीतमा सानै देखि रुचि राख्ने बहुप्रतिभाले भरिएका गायक बिसि लोकदोहोरी, आधुनिक गित, आइटम गित सबै खाले गित गाउन सक्ने बताउछन ।

हाल तिजको गितमा ब्यस्त रहेको र लगत्तै तीन वटा तिज गित बजारमा आइरहेको बिसिले बताए । भावी योजना गित सङ्गितलाइ नै निरंतरता दिने र निकै उत्कृष्ट गितहरु दर्शक श्रोता माझ ल्याउने पनि जनाएका छन ।

धेरै जसो मेला, महोत्सव र  सांस्कृतिक कार्यक्रमहरुमा ब्यस्त रहेका बिसि तिज बिसेस कार्यक्रमको लागि माल्दिभ्स जादैछन ।