गायक बडुको चर्चित नायिका सञ्चिता लुईटेल संग प्रेम - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

गायक बडुको चर्चित नायिका सञ्चिता लुईटेल संग प्रेम



सुनिलकुमार लो / काठमाडौं  ।
सुदूरपश्चिमका चर्चित गायक भुवनप्रकाश बडुको नेपाली सिने जगतकी चर्चित नायिका सञ्चिता लुईटेलसंग प्रेम परेको छ । तर यो प्रेम वास्तविक जीवनमा नभई छिट्टै रिलिज हुने तयारीमा रहेको “गरिब कसरी गर्लान् र माया ” भन्ने गितको म्युजिक भिडियोको हो । म्युजिक भिडियोमा एउटा गरिब युवकले धनी युवतीलाई माया गर्दा भोग्नुपर्ने सामाजिक र आर्थिक चुनौतीहरुलाई मन चुडाउने शैलीमा प्रस्तुत गरिएको छ । जसको कारण म्युजिक भिडियो हेर्ने हरेक दर्शकको आँखा भिज्नेछ ।

“गरिब कसरी गर्लान र माया” बोलको गीतलाई बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो । यस गीतको एरेञ्जर तथा गायक भुवनप्रकाश बडु , शब्द तथा संगित गोपाल सुचिकार, रेकर्ड तथा मिक्सिङ जीवन बडु हुनुहुन्छ । त्यसैगरी यस गीतको म्युजिक भिडियोलाई आशिक राईले निर्देशन गर्नुभएको छ । म्युजिक भिडियोमा नेपाली सिने जगतकी चर्चित नायिका सञ्चिता लुइँटेल ,भुवन प्रकाश बडु तथा श्याम प्रसाद भट्टको अभिनय देख्न सकिन्छ ।