चर्चित गायक सौगात ओझाले हेमन्तालाई नपाए ठाँउको ठाउँ मर्छु भनेपछि..(भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

चर्चित गायक सौगात ओझाले हेमन्तालाई नपाए ठाँउको ठाउँ मर्छु भनेपछि..(भिडियो सहित)



कैलाली । पछिल्लो समय निकै नै चर्चामा रहेका चर्चित लोक दोहोरी गायक सौगात ओझा र गायिका हेमन्ता शर्मा भट्टराईको आवाजमा रहेको “ठाउँको ठाउँ मर्छु” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सौगात ओझाको शब्द तथा गायिका हेमन्ता शर्माको संगित रहेको उक्त गितमा एरेन्ज सागर बिरही गुरुङले गरेका हुन् ।

निशान एस. के को निर्देशन रहेको उक्त म्युजिक भिडियोमा स्वयंम सौगात ओझा सहित दिनेश कठायत, पुजन घिमिरे, मनोज अधिकारी, सस्पेन एसपी लगायतको अभिनय रहेको छ ।

शुशील डाँगीको छायांकन रहेको उक्त म्युजिक भिडियोको सम्पादन प्रकाश एस. के ले गरेका हुन् । म्युजिक भिडियो डोटेली सौगात ओझा युट्युब च्यानल मार्फत बिहीबार सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :