गायक पशुपति शर्मा र रिता थापाको गीतमै भनाभन (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गायक पशुपति शर्मा र रिता थापाको गीतमै भनाभन (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख १

गायक पशुपति शर्मा अहिलेको समयमा निकै रुचाईएका लोक दोहोरी गायक हुन । उनले देशमा चर्चामा आएका र जल्दो बल्दो विषयलाई टपक्कै टिपेर गीत बनाउन सिप्पालु छन् त्यति मात्र हैन उनी लाईभ दोहोरी गीत बाट दर्शक श्रोतालाई निकै मनोरञ्जन दिने गायकको रूपमा पनि चिनिन्छन यसै क्रममा रमाइला गीत प्रस्तुत गर्ने गायक पशुपति शर्मा र गायिका रिता थापा मगरको ठाडो भाका भिडियो सहित सार्वजनिक भएको छ ।

केही वर्ष अगाडि पशुपति शर्मा र गायिका रिता थापा को स्वरमा रहेको दोहोरी गीत आज संम्म पनि दर्शक श्रोताको मुखमै झुन्डिएको छ लामो समय पछि फेरी पशुपति शर्मा र रिता थापाको स्वरमा रमाइलो मौलिक ठाडो भाका बजारमा आएको हो । गीतमा पशुपति शर्मा र रिता थापाको स्वर रहेको छ भने कोरस स्वरमा मुना थापा मगर, तेजस रेग्मी र सुरेश अधिकारीको स्वर सुन्न सकिन्छ । गीतको सङ्कलन स्वयम् पशुपति र रिताले गरेका छन् ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा रहेको गीतको भिडियो राजु के.सीको छायांकनमा विष्णु शर्माको सम्पादन रहेको छ । गीत रिता थापा को प्रस्तुतिमा सम्धिनी सङ्गीत प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।