गौरीगंगामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना

विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।
फागु पूर्णिमाको अवसरमा गौरीगंगा ब्याडमिन्टन क्लबले यही चैत्र ६ र ७ गते प्रतियोगिताको आयोजना गरिएको आइतबार मसुरियामा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
दुर्व्यसनी विरुद्ध स्वस्थ समाजको निर्माण तथा सक्षम खेलाडीहरू उत्पादन गर्ने उदेश्यले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको गौरीगंगा ब्याडमिन्टन क्लबका अध्यक्ष चक्र बहादुर कलेलले जानकारी दिएका छन् ।
प्रतियोगितामा ब्याडमिन्टन क्लबमा सदस्य रहेका जुनसुकै ठाउँका खेलाडीहरूले सहभागिता जनाउन सकिने बताउँदै अध्यक्ष कलेल ले चैत्र ४ गते साँझ ५ बजेसम्म टिम दर्ता गराउन सकिने बताए ।
खेलको विकास र खेलाडीहरूको प्रोत्साहनको लागि ब्याडमिन्टन प्रतियोगितामा सहभागी खेलाडीहरूलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने दुवै टिमले १०/१० हजार र दृतिय हुने टिमले ५/५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब २५ वटा टिमको सहभागिता हुने आयोजनकले अनुमान गरेको छ ।

