गौरिगङ्गा गोल्ड कप : घोडाघोडि क्लबले पशुपति फारवेस्ट लाई हरायो
विशाल पाण्डेय
सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा प्रदेश नं ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा घोडाघोडी क्लब सुखडले पशुपति फारवेस्ट क्लब धनगढीलाई ३ का विरुद्ध १ गोलले हराएको छ ।
प्रतियोगितामा पहिलो हाफमा २ गोलले अग्रता कायम गरेको घोडाघोडि क्लबले आत्मघाती १ गोल हुँदा पहिलो हाफमा २-१ को नतिजा निकालेको थियो । त्यस्तै दोस्रो हाफमा १ गोल गर्दै ३-१ ले घोडाघोडी क्लब बिजयी भएको हो ।
घोडाघोडीको जितमा मिलन लामाले २ गोल र मिलन स्याङ्तानले १ गोल गरेका थिए भने नारायण श्रेष्ठले पहिलो हाफको सुरुमा किपर लाई बल पास दिन खोज्दा अात्मघाती गोल गरेका थिए । पानी परेर मैदान हिलाम्मे भएपनि खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । पशुपति फारवेस्टका खेलाडीहरूको गोल गर्ने प्रयास घोडाघोडीका गोलरक्षकले बिफल बनाएका थिए । घोडाघोडि क्लबका मिलन लामाले नगद २ हजार र ट्रफी सहित खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।
” हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो।
गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा चलिरहेको प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।
बुधबार हुने भनिएको कैलारी गाउपालिका र जानकी गाउपालिका बिचको दोस्रो खेल बर्षाको कारण हुन नसकेपछि बिहिवार बिहान हुने आयोजकले जनाएको छ ।