गाउँपालिका अध्यक्षको गाडी जलाइयो - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

गाउँपालिका अध्यक्षको गाडी जलाइयो



दाङ । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ ।

अज्ञात समूहले रा १ झ १५२ नम्वरको बोलेरो गाडीमा आगजनी गरेको हो । गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कस्ले र किन आगजनी गरेको हो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बंगलाचुलीका अध्यक्ष वली पूर्वमाओवादीवाट निर्वाचित हुन् ।